दफा
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार

कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) समितिबाट स्वीकृत योजना कार्यान्वयन गर्ने,
(ख) समितिको निर्णय कार्यान्वयन गर्ने,
(ग) विशेष आर्थिक क्षेत्रको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी काम कारबाहीको निरीक्षण तथा अनुगमन गरी समितिसमक्ष प्रतिवेदन पेश गर्ने,
(घ) समितिको दैनिक प्रशासन सञ्चालन गर्ने, (ङ) समितिले तोकिदिएका अन्य कार्य गर्ने वा गराउने ।